शीर्ष नेताबीचकाे बैठकमा दोस्रो तहका नेता थपिए

शीर्ष नेताबीचकाे बैठकमा दोस्रो तहका नेता थपिए


ग्लोब नेपाल
648
Shares

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका संसदीय दलका उपनेता, सचेतक पनि थपिका छन् ।

तीन दलका उपनेता, प्रमुख सचेतक, सचेतकहरू पनि थपिएकाे बैठकमा छलफल जारी छ ।

बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थित छन् ।

सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । आजको छलफल मुख्यतः सरकारको नीति तथा कार्यक्रममै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।