बालुवाटारमा शीर्ष नेताले गरे संसदीय समिति भागवण्डा

बालुवाटारमा शीर्ष नेताले गरे संसदीय समिति भागवण्डा


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूले संसदीय समिति बाँडफाँटमा भागवण्डा मिलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेलाई तीनवटा समिति सभापति दिने र अरु समितिहरू सत्तारुढ गठबन्धनका दलहरूले भाग लगाउने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

एमालेले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने भएको छ । एमाले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा लचिलो हुने सहमति भएको पनि उनले जनाए ।

अघिल्लो संसद अधिवेशनमै संवैधानिक परिषद्सम्बन्धी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमाले लचिलो हुने सर्तमा तीन समिति दिने समझदारी भएको थियो । तर, फाष्ट ट्रयाकबाट ती विधेयक अघि बढाउन एमाले तयार नभएपछि सहमति टुटेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए ।