दोहोरो अंकले घट्याे सेयर बजार

दोहोरो अंकले घट्याे सेयर बजार


ग्लोब नेपाल
270
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार नेप्से सुचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ । 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अङ्कले घटेर ३४९.५८ विन्दुमा पुगेको छ । आज नेप्से सुचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।

यसअघि बिहीबार नेप्से सुचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९  विन्दुमा आएर रोकिएको थियो । 

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसि एशियाको ४ करोडमाथिको कारोबार भएको छ । 

यता १३ उपसुचकहरु मध्ये इन्भेष्टमेन्ट सुचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा आत्म निर्भर लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ ।