नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगरौं : सांसद सापकोटा

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगरौं : सांसद सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न चेतावनी दिएका छन् ।

उनले सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर भने,‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ, यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनले आग्रह गरेका छन् ।