बागमती प्रदेशसभाको बैठक ९ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको बैठक ९ गतेका लागि आह्वान



मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ९ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको बजेट अधिवेशनको रूपमा रहेको वर्षे अधिवेशन जेठ ९ गते मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।

उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने जनाइएको छ ।