चिनमा डुंगा पल्टिदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन

चिनमा डुंगा पल्टिदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन



काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मंगलबार बिहान करिब ३ बजे भएको घटना पछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन । 

उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् ।

जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेशनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गरेका छन् ।