प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जारी

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जारी



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अहिले भइरहेकाे छ ।

बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधिरहेका छन् । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेक्रम जारी छ ।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।