कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको नेतृत्वमा शिवाकोटी

कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको नेतृत्वमा शिवाकोटी



दोलखा । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको नेतृत्व सरोज शिवाकोटीले लिएका छन् । कांग्रेस दोलखाको जेठ २ गतेको पूर्ण बैठकले शिवाकोटीलाई सम्पर्क समितिको अध्यक्षमा मनोनयन गरेको हो ।

यसअघि शिवाकोटीले सम्पर्क समितिको सचिव रहेर कुशलतापूर्वक कार्यसम्पादन गरेका थिए । दोलखाको कालिन्चोक गाउँपालिका ८ सुनखानीमा जन्मिएका शिवाकोटी हाल राजधानी काठमाडौंमा बसी पार्टीको सक्रिय राजनीति गर्दै आएका छन् ।

२८ वर्षदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएका शिवाकोटी पार्टीभित्र अनुभवी, इमान्दार र स्वच्छ छवि भएका नेताको रुपमा परिचित छन् ।

दोलखा कांग्रेसको बैठकले राजन अधिकारी, विष्णु खत्री र तेम्बा मोक्तानलाई जिल्ला कार्य समिति सदस्य पदमा मनोनितसमेत गरेको छ ।