प्राथमिक तहमा १ लाख बढीको आवेदन, केही दिनमै परीक्षा केन्द्र सार्वजनिक गर्ने आयोगको तयारी

प्राथमिक तहमा १ लाख बढीको आवेदन, केही दिनमै परीक्षा केन्द्र सार्वजनिक गर्ने आयोगको तयारी


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । गत चैत ९ गते शिक्षक सेवा आयोगले प्रकाशन गरेको प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन्।

आयोगले स्रातका अनुसार १ लाख १२ हजार ८५ जनाको आवेदन परेको छ । आयोगले यहि जेठ २० गते १ बजे सञ्चालन गर्ने विषयगत सामान्य परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र प्रिन्ट गर्न सक्ने सूचना जारी गरेको छ ।

दरखास्त फाराम भर्ने उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम रजिष्टर्ड गरिएको इमेल ठेगाना र पावर्ड प्रयोग गरी प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने आयोगले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

यस्तै, आयोगका अनुसार अबको केहि दिनमै प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक हुनेछ ।