संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप



काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको संसद बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ ।

प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षक २०८०-८१ को नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आजै साँझ ६ बजे धन्यवाद ज्ञापनका लागि दुवै संसदको छुट्टाछुट्टै बैठक बस्नेछ ।