गैरआवासीय नेपालीका लागि पुँजीबजार खुला गरिने

गैरआवासीय नेपालीका लागि पुँजीबजार खुला गरिने



काठमाडौं । सरकारले पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरिने जनाएको छ ।

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन् ।

गैरआवासीय नेपालीको ज्ञान-सिप, पुँजी र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ ।

सरकारले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनदेखि अर्थतन्त्रको संरचनात्मक सुधार, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतलाई आफ्नो प्रमुख नीतिका रूपमा प्रस्तुत गरेको छ ।