सरकारले ‘हिमाल बचाउ अभियान’ चलाउने

सरकारले ‘हिमाल बचाउ अभियान’ चलाउने



काठमाडौं । सरकारले ‘हिमाल बचाउन अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने जानकारी दिए ।

“जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने छ,” उनले भने, “हिमाल बचाउ अभियान सुरु गरिने छ । अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने छ ।”