नेसपाले बोलायो केन्द्रीय समिति बैठक

नेसपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाल समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शुक्रबार बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । यही जेठ २५ र २६ मा काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।

आजको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार भएका र कानुनको दायरामा ल्याउन बाँकी अभियुक्तहरूलाई छानबिन गरि दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।