एमाले सचेतक बर्तौलाको प्रश्न- सरकारको कान र आँखा छ कि छैन ?

एमाले सचेतक बर्तौलाको प्रश्न- सरकारको कान र आँखा छ कि छैन ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको कान र आँखा छ कि छैन भनेर प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सचेतक बर्तौलाले मकवानपुरमा लम्पी स्किन रोगका कारण कृषकहरूको गाई मरिरहेकाले पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएमा हुन् ।

‘आज म सरकारको कान र आँखा छ कि छैन भनेर सोध्न उभिएको छु । यदि कान र आँखा छ भने यो सदनमा पटक-पटक लम्पी स्किनको विषय राखेँ । मकवानपुरमा यो रोगले २ भन्दा बढी गाई मरिसके । ५ हजार संक्रमित छन् । देशको धेरै भागमा समस्या छ । सरकार सुन्दैन,’ उनले भने ।

गाईपालकलाई क्षतिको राहत दिन उनले सरकारसँग माग गरे ।