सेयर बजारमा सकारात्मक माहोल

सेयर बजारमा सकारात्मक माहोल



काठमाडौं । सेयर बजारमा सकारात्मक माहोल बन्दै गएको छ । नेप्से सूचकका साथमा औसतमा खरिदबिक्री रकम पनि विस्तार हुन थालेको छ । यसैक्रममा मंगलबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक १९ सय विन्दुभन्दा माथि पुगेर कारोबार भइरहेको छ । 

४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा महत्व राख्ने १९ सय विन्दुलाई नेप्सेले पार गरेको हो । 

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । ब्याजदर घट्न थालेको छ । बैंकर्स संघले असारमा कर्जाको ब्याजदर थप घट्ने र तरलता पनि ह्वात्तै बढ्छ भनेपछि सेयर बजारमा थप सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ ।  

यसैगरी, धितोपत्र बोर्डले ७ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको छ । अब अरु थपले पनि धमाधम लाइसेन्स पाउँदैछन् । यसको सकारात्मक प्रभाव पनि बजारमा परेको अनुमान छ ।