नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सीके राउत

नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओेवादी केन्द्र) नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीयताविरोधी देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा संघीयता शब्द तीनपटक मात्र उल्लेख गरिएको बताए ।

“७० पानाको नीति तथा कार्यक्रममा तीनपटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्ने खालको ठोस नीति कार्यक्रम देखिएन । म आफैँ आश्चर्यचकित छु,” उनले भने, “माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ । संघीयताको उच्चारण तीनपटक मात्र गरिएको छ ।”

संघीयताको कार्यान्वयनमा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता उनले औँल्याए । बुँदा ११ मा मधेस प्रदेशलाई प्राथमिकता दिइएकामा उनले खुसी समेत व्यक्त गरे ।