सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित



काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।