विश्व जैविक विविधता दिवसमा साइमेक्स इंकले ‘सपना र वनजङ्गलको निर्माण’ अभियनको घोषणा

विश्व जैविक विविधता दिवसमा साइमेक्स इंकले ‘सपना र वनजङ्गलको निर्माण’ अभियनको घोषणा



काठमाडौँ । विश्व जैविक विविधता दिवसको अवसरमा BYD को अधिकारिक वितरक Cimex Inc. ले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वनजङ्गलको निर्माण’ अभियनको घोषणा गरेको छ ।

यो अभियानले बि.सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनर्स्थापनाको लक्ष्य लिएको छ ।

कुनैबेला विविध जीव र वनस्पति सहित फस्टाएको चखनडोल सामुदायिक वनको विगतमा निकै दोहन भयो । तर, ‘सपना र वनजङ्गलको निर्माण’ अभियनले, वनमा स्थानीय प्रजातिका बिरुवा लगाई ति हुर्कने अनुकुल वातावरणको निर्माण गरि, चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको छ ।

विश्वमै सर्वाधिक प्रदुषित सहर काठमाडौँ, वायु प्रदुषणको चपेटामा छ र यो समग्र अभियानले पर्यावरण र जीवजन्तु सबैमा महत्वपूर्ण प्रभाव पार्नेछ, भनिएको छ । यो महत्वकांक्षि प्रयासले वनलाई ब्युँत्याउने मात्रै छैन, ७(८ थरिका विभिन्न चराका प्रजातिलाई फेरी फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने छ ।

वृक्षारोपण को पहिलो बर्षनै यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्नेछ भने पाँच बर्ष भित्रै BYD वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्नेछ ।

Cimex Inc. Pvt. Ltd. का प्रमुख मार्केटिंङ्ग अधिकृत समीर श्रेष्ठका अनुसार, यो अभियानले BYD प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्छ। उनले भने, “यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जिवित गर्ने मात्र नभई, वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको हाम्रो लक्ष्यको प्रतिनिधित्व गर्छ र हामीलाई विश्वास छ यो कार्यक्रमले अरुलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछ ।”

‘मियावाकी’ प्रबिधि बाट १५०० रुख रोपिने यो अभियान विश्व जैविक विविधता दिवसका अवसरमा घोषणा गरिएको हो । पृथ्विको सुरक्षा गर्दै भावी सन्ततिका लागि जैविक विविधताको संरक्षणको महत्वका बारे जनचेतना फैलाउदै यो दिवस मे २२ का दिन विश्व भर मनाइन्छ ।