देउवालाई भेटेर सेयर लगानीकर्ताले बुझाए ६ बुँदे मागसहितकाे ज्ञापनपत्र

देउवालाई भेटेर सेयर लगानीकर्ताले बुझाए ६ बुँदे मागसहितकाे ज्ञापनपत्र



काठमाडौं । सेयर लगानीकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, निवर्तमान अध्यक्ष छाेटेलाल राैनियार, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरूले देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले देउवालाई हालको पूँजी बजारको स्थितीको बारेमा अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् । सोही क्रममा लगानीकर्ताहरूको ३ वटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।