चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा

चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेको छ ।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो ।

छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए ।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन् । भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको उनले बताइन् ।