कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मीनबहादुर विश्वकर्मा चयन भएका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबार विश्वकर्मालाई प्रचार विभाग प्रमुख मनोनयन गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई प्रचार विभाग प्रमुख मनोनयन गरिएको पौडेलले जानकारी दिए ।

यसअघि उनी केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएका थिए ।