मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने



काठमाडौं । मन्त्रिपरिषद् बैठक केहिबेरमै बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।