प्रतिनिधिसभा बैठक साँझ ६ बजे बस्ने

प्रतिनिधिसभा बैठक साँझ ६ बजे बस्ने



काठमाडौं । नेकपा (एमाले)ले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठकको समय सरेको छ ।

गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा आरोप पुष्टि गर्न वा माफी माग्न भन्दै एमालेले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

उक्त बैठक बस्न नसकेपछि ३ बजे बस्ने गरी संसद् सचिवालयले सूचना जारी गरेको थियो । बैठकका लागि सहमति जुट्न नसकेपछि समय सारेर बेलुका ६ बजे बस्ने गरी सूचना जारी भएको छ ।