माओवादीले ६४ मा मान्छे कुटेर मारेकै त्रासले १२० सीट ल्यायो : ओली

माओवादीले ६४ मा मान्छे कुटेर मारेकै त्रासले १२० सीट ल्यायो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले २०६४ सालमा त्रासकै कारणले १२० सीट ल्याएको दाबी गरेका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘माओवादीको २०६४ को निर्वाचनमा २४० मध्ये १२० सीट आयो । त्यसबेला माओवादीले मान्छे कुट्नु र मार्नुबाहेक केही गरेको थिएन । हामीले शान्ति प्रक्रियामा ल्यायौं। हामीलाई दिनुपर्ने मत माओवादीलाई दिए कहिलेकहिँ यस्तो हुन्छ । आतंक र त्रसित मनस्थितीले काम गर्छ ।’

एमाले भावनामा बगेर नभइ गन्तव्य तय गरेर संगठनको बलमा अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘माओवादीले १२० सीट ल्याउँदा हामी ३३ सीटमा झरेका होइनौं । केही घोप्टेधाक लगाउने घोप्टे बुद्धि भएकाहरुले बिगारेर अलिक आन्दोलनलाई क्षति पुर्याए ।’

उनले माधव नेपाललाई लक्षित गर्दै अस्तिको निर्वाचनमा एमालेको सिंग फुकाल्छु भनेर हानेकाले आफैं सिङ्ग फुक्लिएर थला परेको टिप्पणी गरे ।