संसदीय सुनुवाइ विशेष समिति गठन, कुन दलबाट को-काे ?

संसदीय सुनुवाइ विशेष समिति गठन, कुन दलबाट को-काे ?



काठमाडौं । प्रतिनिधिसभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन भएको छ ।

आइतबार नै यसअघि बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले आइतबार नै संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गरेको थियो ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यहरू रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की समितिमा छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएम छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा, जसपाबाट प्रकाश अधिकारी समितिमा प्रतिनिधित्व गर्छन् ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेबाट देवेन्द्र दाहाल, माओवादीबाट जगप्रसाद शर्मा गत वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।