रेशमको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी

रेशमको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी



काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् ।

चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेकाे थियाे ।