काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे विषयमा एमाले महासचिव शंकर पाेखरलले पाँचवटा प्रश्न गरेका छन् ।
निष्क्रिय बनिसकेकाे नागरिकता विधेयकलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के हाे भन्ने उनकाे प्रश्न छ ।
सामाजिक सञ्जालमार्फत पाेखरेलले राखेका पाँच प्रश्न :
नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?
सम्माननीय पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?
प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धकाे ठाडो उलंघन गर्न मिल्छ ?
नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेकलाई प्रमाणीकरण गर्न मिल्छ ?
संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?


प्रतिक्रिया