सेयर बजारका सबै सूचक बढ्याे

सेयर बजारका सबै सूचक बढ्याे



काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ ।

कारोबार रकम भने १ अर्ब ६५ करोडमा सीमित भएको छ । यसअघि बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार १७१ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ११ को स्थिर रहृयो ।

बजारका सबै उपसमूह बढेकमा छन् । बैंकिङ ७, विकास बैंक १८, फाइनान्स ११, होटल तथा पर्यटन ५४, जलविद्युत् ३१, जीवन बीमा ८५, उत्पादन ५५, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा १६९, अन्य ४ र ब्यापार उपसमूह ९ अंक बढे । धेरै मूल्य बढ्ने ५ कम्पनीमध्ये ४ हाइड्रोपावर रहे । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत तथा बीपीडब्लूको मूल्य ६ प्रतिशत बढ्यो । एसियन हाइड्रोको ५, पााचथर पावरको ५ र नेरुढे लघुवित्तको ४.८ प्रतिशत मूल्य बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो ।