प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेट



नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको छ ।