१३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत (सूचीसहित)

१३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ ।

आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

यी हुन् केन्द्रीय कमिटीमा मनोनीत

मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर