प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणमा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

उनीहरूले प्रमाणीकरण भएको विधेयक निष्क्रिय पारेर संशोधनसहितको विधेयक सदनमा ल्याएर अघि बढाउन माग गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गरे । तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आइतबार नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।