काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतलाई दिएर बंगलादेशसम्म पुग्न मार्ग मागेको कुरामा सत्यता नभएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।
आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।
तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया