प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन : गुरु घिमिरे

प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन : गुरु घिमिरे



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध हालेर हिँड्न नसकिने बताएका छन् ।

जेठ १७ देखि २१ सम्म भएको चारदिने भ्रमणलाई लिएर विपक्षी दलहरुले घेराबन्दी गरिरहेका बेला नेता घिमिरेले अब प्रचण्डलाई बोक्न नसकिने बताएका हुन् ।

उनले प्रचण्डले छिमेकीहरुसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको बताउँदै नेपाल र नेपालीको शिर उँचो हुने गरी कुरो नराखेको जिकिर गरेका छन् ।

‘छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध हालेर हिँड्न सकिँदैन’, उनले भनेका छन्, ‘भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुनेगरि प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलले सामान्य संवाद गरेको पनि देखिएन। यो अत्यन्त खेदजनक छ ।’