कांग्रेसकाे नीति महाधिवेशन भदौको अन्तिममा : गगन थापा

कांग्रेसकाे नीति महाधिवेशन भदौको अन्तिममा : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीकाे नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन् ।

पार्टीकाे एक कार्यक्रममा दाङ पुगेका महामहान्त्री थापाले भने, ‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं ।’

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।

महामन्त्री थापाले भदौअघि नै भ्रातृसंस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए । नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए ।

कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए । पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ ।