प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो



काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो साढे १ बजे बस्ने संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको प्रतिपक्ष दलको आरोप छ ।

त्यसबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक बस्न नदिने प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को तयारी छ ।

प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेट छलफल सुरु भएको थियो ।