बजेटकै कारण सरकार ढल्दैन : सांसद सापकोटा

बजेटकै कारण सरकार ढल्दैन : सांसद सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् ।

सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले बजेटकै कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताए ।

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरु हल गर्दै जानुपर्ने बताए ।