होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’

होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’



काठमाडौँ  । नेपालमै सर्बाधिक बिक्री हुने ‘होण्डा मोटर बाईक’को अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ स‌‌न्चालन गरिरहेकाे छ ।

आफ्नो पुरानो मोटर बाईक संग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ । मेलामा आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै रु. ५०००/- एक्सचेन्ज बोनस पनि पाइने र साथमा रु. १०,०००/- सम्म को आकर्षक ‘स्क्र्याच कुपन’ले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेका छन् ।

यस, होण्डा एक्सचेन्ज र फाईनान्स मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ। होण्डा फाईनान्सु मार्फत मात्रै ५९,९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १५ को ब्याजदरमा, मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंगको विश्वास छ।

जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमाडौँका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टैनै होण्डा एक्सचेन्ज र फाईनान्स मेला देश भर पनि लागु हुने कम्पनिले जनाएको छ।