नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा

नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । नागरकिता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

आज(मंगलबार)का लागि पेशी तोकिएको उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो ।

दिउँसो खाजापछि हेर्ने भनिएको उक्त रिट अन्य दुईटा मुद्दाहरू हेर्न बाँकी रहेकोले हेर्न नभ्याइनेमा राखिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।