प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न राजदूत सोङ बिहीबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले बताएको छ ।

उनीहरूबीच झण्डै एक घण्टा वार्ता भएको बताइएको छ । राजदूत सोङले प्रधानमन्त्रीको चीन भ्रमण र आगामी साता पोखरामा हुने ‘ड्रायगन बोट फेस्टिबल’को बारेमा छलफल गरेका छन् ।

राजदूत सोङले फेस्टिबलमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई निम्तो दिएका छन् । आगामी बुधबार पोखरामा पहिलो पटक चीनबाट चार्टर फ्लाइट अवतरण हुँदैछ ।

नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा पोखरामा ‘ड्रायन बोट फेस्टिबल’ हुन गइरहेको छ ।