कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा

कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा


ग्लोब नेपाल
270
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् ।

आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले सामाजिक सञ्जालमा डाक्टर कोइरालाले आफूसँगको भेटमा राजतन्त्रको पक्षमा रहेको बताएको दाबी गरेका हुन्। उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गरेका छन् । 

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजालाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’

उनले अझ अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’ 

आफनो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले कोइरालाको धारणा बाहिर ल्याएका हुन । ‘विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?’ त्यसपछि उनले भने ।