स्क्विड गेम्स-२ का कलाकार सार्वजनिक

स्क्विड गेम्स-२ का कलाकार सार्वजनिक



लसएन्जल्स । ‘स्क्विड गेम्स-२’को नयाँ कास्टबारे निर्माण युनिटले नाम सार्वजनिक गरेको छ । जसमा ली जंग ले, ली ब्युंग हुन, वाई हा जून र गोंग यू पुनः एकपटक सिजन २ मा देखिनेछन् । नेटफ्लिक्सको यो लोकप्रिय वेब सिरिजको दोस्रो भाग चाँगै दर्शकमाझ आउँदैछ । सिरिजले नयाँ प्रमुख कलाकारको पनि नाम सार्वजनिक गरेको छ ।

यसमा कैयौं व्यक्तिहरु आफ्नो ज्यान बचाउनका लागि दाउ लगाइरहेको देख्न सकिनेछ । यसमा केही पछिल्ला सिजनका कलाकार हुनेछन् । नेटफ्लिक्स कोरियाले एक भिडियो जारी गर्दै स्टारकास्टबारे जानकारी दिएको हो । जसमा इम सिवान, कांग हा नेउल, पार्क सुंग हूं, र यांग डोंग ग्यून प्रमुख भूमिकामा हुनेछन् ।

नेटफ्लिक्सद्वारा जारी भिडियोमा रेड लाइट र ग्रीन लाइटको साउण्ड सुनिएको छ । सबै कलाकारलाई डराएको अवस्थामा देखाइएको छ । यसपछि निकै चर्को संगीत सुनिन्छ र केही समयमा सियोंग जी हुनले गेम जितेको जानकारी दिइन्छ । यो सिरिजमा जोडिएका नयाँ कलाकारले यसअघि कैयौं शोमा प्रमुख भूमिका निर्वाह गरिसकेका छन् ।

‘स्क्विड गेम्स’ सिजन वानलाई दर्शकले निकै मनपराएका थिए । थ्रिलिङ र खुंखार खेलमा आधारित यो सिरिजको नयाँ सिजनलाई लिएर फ्यान उत्साहित छन् । सन् २०२२ मा रिलिज पहिलो सिरिज उक्त वर्ष सर्वाधिक हेरिएको सिरिजमा परेको थियो । दोस्रो सिजनको सुटिङ चाँडै सिरिज हुनेछ ।