बजेटमा एकरुपता देखिएन : प्रदीप पौडेल

बजेटमा एकरुपता देखिएन : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्ने गरी र पुराना योजना सबै सक्ने गरी बजेट आउनुपर्ने भए पनि त्योअनुसार बजेटमा एकरुपता नदेखिएको बताएका हुन् ।

उनले सरकारले यो वर्ष पनि कनिका छरेजस्तै गरी बजेट छरेको भन्दै बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको बताए ।

उनले सरकारले पुँजीगत खर्च कम भएको थाहा पाउँदापाउँदै त्यहीअनुसारका योजना बनाउन नसकेको उल्लेख गरे । सांसद पौडेलले सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्बिर मन्त्रालयको बजेटमा आउन नसकेको पनि बताए ।