स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाइ भेटबार्ता भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बिदाइ भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए ।

नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । ‘राजदूत छिट्टै बेलायत फर्किंदै हुनहुन्छ । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल गर्‍यौँ,’ मन्त्री बस्नेतले भने, ‘बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षित रूपमा पठाउने, देशभित्र गोर्खा ब्रिटिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।’