कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत

कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन् । नेपाल ट्रेड युनियनको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले यस्तै भइरहने हो भने ५८ सालको अवस्था र ५९ सालको प्रारम्भको दिनहरुमा पुग्ने चेतावनी दिए ।

सिटौलाले भने, ‘नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु आउँदैन भन्न सकिँदैन ।’

२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए । २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो । १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो । निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए । ‘नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,’ सिटौलाले भने ।