पूर्वप्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

पूर्वप्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर‍ेका छन् ।

राजदूत सोङ एमाले अध्यक्ष ओलीलाई भेट्न सोमबार बालकोट पुगेका थिए । भेटका क्रममा उनीहरू बीच द्विपक्षीय सम्बन्ध, बिआरआई परियोजना लगायतका विषयमा छलफल भएको थियो ।

राजदूत छनले यसैसाता पोखरामा ड्रायगन बोट फेस्टिबलमा सहभागी हुन अध्यक्ष ओलीलाई निम्तो दिएको स्रोतले बताएको छ ।