प्रदेशका मन्त्रीलाई संघीय सांसदको हैसियत

प्रदेशका मन्त्रीलाई संघीय सांसदको हैसियत



काठमाडौं । प्रदेशका मन्त्रीलाई संघीय सांसदबराबर सम्मानको सुरुआत गरिएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसदसरह सम्मान प्रकट गर्ने निर्णय गरिएको हो ।

सोहीअनुसार आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरी संसद् बैठक स्थगित भएको छ ।

“प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ । कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीयसरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको छ,” सभामुख देवराज घिमिरेको सचिवालयले भनेको छ ।