नेप्सेमा ओरालो यात्रा जारी, २०५० अंकमा झर्‍यो

नेप्सेमा ओरालो यात्रा जारी, २०५० अंकमा झर्‍यो



काठमाडौं । आज (बुधबार) पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.०५ अंकले घट्दा नेप्से इन्डेक्स २०५०.७८ विन्दुमा पुगेको हो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अंक घटे । होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अंक बढे ।

सिटी होटलको १० प्रतिशत तथा सोल्टी होटलको ७ प्रतिशत मूल्य बढ्यो । बीपीडब्लू लघुवित्त र इङवा हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । ग्रिनभेन्चरको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।