८४ मा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई

८४ मा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति-पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए । उनले अघि भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’

सञ्चारकर्मीहरुको प्रश्नमा भट्टराईले ०८४ को चुनावमा नयाँ दलको सरकार बन्ने दाबी गरे । ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ उनले भने ।

कांग्रेस, एमाले, माओवादी बाहेकको सरकार बन्ने उनकाे दाबी छ ।