माओवादीले सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्छ : माधव सापकोटा

माओवादीले सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्छ : माधव सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने पनि बताए ।

सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको पनि जिकिर गरे ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिले कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल विकास नभएको बताए ।

त्यस्तै, उनले समाजवादी मोर्चा एकाएक नभई धेरै अघिदेखि नै बहसमा रहेको भन्दै कांग्रेसका लागि समाजवादी मोर्चा ‘सरप्राइज’ नभएको बताए ।