प्रि-ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१८ अंक बढेर २१३२.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३५ स्टकको ४ लाख १२ हजार ६२६ रुपैयाँ बराबरको ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।